Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकले यो पटक लाभांश नदिने, सेयरधनीको हात रित्तो

एनएमबि बैंकले यो पटक लाभांश नदिने, सेयरधनीको हात रित्तो


  • 2.2K
    Shares

    एनएमबि बैंकले यो पटक लाभांश नदिने, सेयरधनीको हात रित्तो

    काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष कति पनि लाभांश नदिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

    गत आर्थिक वर्ष २०७९/८० मा बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३.३ प्रतिशत नगद र १२.५ प्रतिशत सेयर बोनस दिएको थियो ।

    त्यस्तै २०७७/७८ मा ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६/७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो । सेयर बजारमा बैंकको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ७० पैसा रहेको छ ।

    चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ ।

    प्रकाशित मिति :मंसिर १४ २०८० बिहिवार - ११:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij