Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल

सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल


  • 3.4K
    Shares

    • images
    सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल
    images

    बुटवल । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।

    मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

    लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।

    कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई  नियन्त्रण लिएको  जनाएको  छ।

    प्रकाशित मिति :मंसिर १३ २०८० बुधवार - ११:५०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij