२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिंदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair - NITF) मङ्सिर १४ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। मङ्सिर १४ देखि १८ गतेसम्म सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा मेला हुने महासंघले जनाएको छ।
उक्त मेलाका लागि अधिकाशं स्टल बुकिङ भैसकेकाछन् । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा Made in Nepal पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने छ । मेलामा चीनवाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहने छन् । २१० वटा स्टलहरु मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने महासंघले जनाएको छ।
नेपाल सरकार/उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।
महासंघका अनुसार नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रबर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको महासंघले जनाएको छ।
महासंघका अनुसार मेलाको अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल एवं Business Matchmaking कार्यक्रम समेत राखिएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडिबुटी, औधषी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ ।
मेलामा आईएमई पे प्रमुख प्रायोजक रहने छ भने इन्सोरेनस पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्सोरेन्स कम्पनी प्रा. लि. रहने महांसघले जनाएको छ । महासंघका अनुसार सह प्रायोजक Heritage Flooring Carpet Industry,र आईएमएस ग्रुप रहने छ । मेलामा इन्टरनेट पाटनरको रुपमा मर्केन्टाइल कम्युनिकेशन प्रा. लि. रहने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij