Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च

आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च


  • 2.9K
    Shares

    आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च
    images

    काठमाडौँ । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । अस्ति आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदी हिजोकै मूल्य तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै महँगो हो ।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - ११:४३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij