Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सडक पुगेपछि खरी उत्खनन सहज

सडक पुगेपछि खरी उत्खनन सहज


  • 8.8K
    Shares

    सडक पुगेपछि खरी उत्खनन सहज

    दार्चुला । दार्चुला दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो । 

    दुई साता अघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले खरी उत्खनन सहज भएको मिनरल रिजर्भस प्रालिका निर्देशक डाक्टर सुरज भट्टले बताउनुभयो । विगतमा सडक नहुँदा ढुवानीमा समस्या थियो । उपकरण लिन सकिएको थिएन् । अहिले गाउँपालिकाले कालागाड सिमार कृषि सडक निर्माण गरेपछि खरी उत्खनन सहज भएको हो ।

    यो सडकबाट खानीसम्म कम्पनीले झण्डै सात सय मिटर सडक आफैले काटेको छ । अहिले खानीसम्म ट्याक्टर पुग्न थालेपछि खरी ढुवानीमा सहज भएको निर्देशक भट्टको भनाइ छ ।  कोरोनापछि खरी उत्खननमा केही ढिलाइ भयो । अहिले पनि मजदूर अभावले लक्ष्य अनुसार खरी उत्खनन हुन नसकेको उहाँको भनाइ छ । “अहिलेसम्म एक हजार टन खरी उत्खनन गरिएको छ”, उहाँले भन्नुभयो, “मजदूर अभावले उत्खननमा ढिलाइ भएको छ ।” 

    गत वर्ष कम्पनीले ४५० टन खरी भारत निकासी गरेको थियो भने एक हजार टन खरी स्वदेशमै बिक्री गरेको हो । कम्पनीले धनगढीस्थित सुपखरी ढुङ्गा बिक्री केन्द्रमा बिक्री गर्दै आएको छ । यो वर्ष मजदूर अभावले थोरै ढिलाइ हुँदै छ । स्थानीयवासीले रोजगारी पाए पनि पर्याप्त मजदूर पाउन सकेका छैनन् । दुहुँका स्थानीयवासी लोकेन्द्रबहादुर बमले खरी खानी उत्खननपछि दुई वर्षयता स्थानीयले यही क्षेत्रमा थोरै थोरै काम पाउन थालेका छन् भन्नुहुन्छ । “विगतमा कामको लागि भारत जानेलाई यही क्षेत्रमा काम दिलाउन सके सहज हुन्छ”, उहाँले भन्नुभयो ।

    कम्पनीले खरी उत्खननको मात्रा बढ्यो भने छिट्टै भारत निकासीको लागि प्रक्रिया थाल्ने जनाएको छ । कम्पनीले २०७४ पुस २० गतेबाट खरी उत्खननको काम थालनी गरेको थियो । विगतका विभिन्न अध्ययनले जिल्लामा सिसा, तामा, फलाम, खरीलगायत खनिजपदार्थ उत्खननको सम्भावना देखाए पनि लामो समयपछि मात्र खानी उत्खनन शुरु भएको हो । 

    अहिले यो खानीमा १० जनासम्मले दिनमा काम गर्दैछन् । यस क्षेत्रमा २०८९ पुससम्म खरी उत्खनन गरिने छ । यहाँको  ५।८७ वर्ग किलोमिटर क्षेत्रफलमा खरी उत्खनन गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीले यस क्षेत्रमा खरीको सम्भावना रहेको जनाएको छ । यो क्षेत्रबाट १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन गर्ने योजना छ ।  दुहुँ गाउँपालिकाले १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन् गरिने जनाएको छ । रासस

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १३:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij