Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कृषि कर्ममा रमाउँदै जनप्रतिनिधि

कृषि कर्ममा रमाउँदै जनप्रतिनिधि


  • 6.8K
    Shares

    कृषि कर्ममा रमाउँदै जनप्रतिनिधि

    इलाम । विसं २०५९ मा रोजगारीका लागि साउदी अरेबिया पुगेका इलामको सन्दकपुर गाउँपालिका–२ का गिरिराज खनालले घर फर्किएर कृषि कर्म थालेपछि मनग्ये आम्दानी गर्नुभएको छ । रेका छन् । व्यावसायिक रुपमा फलफूलको नर्सरी राखेपछि खनालको आम्दानी बढेको मात्रै छैन गाउँका युवालाई रोजगारीको अवसर पनि दिनुभएको छ । 

    विदेशमा गरिने मेहनतबाट देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किएका खनालले शुरुमा बाख्रापालनबाट आफ्नो कृषि कर्मको शुरुवात गरेका थिए । सामाजिक सेवामा सक्रिय भएर बाख्रा  र कुखुरापालन गर्दै आएका खनाल गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

    जनप्रतिनिधि भएपछि पनि उहाँले फलफूल र नगदेबालीको बिरुवा उत्पादन कार्यलाई निरन्तरता दिनुभयो । वडाध्यक्षमा निर्वाचित भएपछि बाख्रा र कुखुरापालन गर्न नभ्याउने भएपछि आफ्नो व्यवसायलाई परिवर्तन गर्नुभयो । उहाँ भन्नुहुन्छ, “अहिले फलफुल र नगदेबालीको बिरुवा बिक्रीबाट राम्रो आम्दानी भएको छ ।”  

    सन्दकपुर–२ का वडाध्यक्ष रहेका गिरिराज खनालले वैदेशिक रोजगारीबाट फर्केर गरेको आम्दानी देखेर स्थानीय युवा पनि कृषि कर्ममा सक्रिय हुन थालेका छन् । विसं २०५९ मा रोजगारीमा घरबाट निस्किएका खनाल साउदी अरेबिया पुगेका थिए । वैदेशिक रोजगारीका क्रममा कृषि फर्ममा नै काम गर्ने अवसर पाएपछि खनालले देशमै केही गर्न सकिने बुझेर घर फर्किएको बताउनुभयो ।

    ‘‘विदेशमा पनि घरमा दैनिकजसो गरिएका क्षेत्रमा नै रोजगारीका अवसर प्राप्त हुँदा रहेछन्’’, खनाल भन्नुहुन्छ,“हामीले विदेशमा बसेर दिनको १० घण्टा नेपालमै काम गरेमा देशमै रोजगारीका अवसरसँगै आम्दानी मनग्ये आम्दानी गरिनेरहेछ ।” खनालले आफू स्वरोजगारसँगै गाउँका युवालाई रोजगारीका अवसर पनि दिनुभएको छ । 

    विदेशमा गरिने मेहनत देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किनु भएका खनालले अहिले हरेक वर्ष २० लाख बढी आम्दानी गर्दै आएका छन् । ‘‘कुखुरा र बाख्रापालन गर्दागर्दै स्थानीय तहमा वडाध्यक्षको टिकट मिल्यो, चुनाव पनि जितियो उहाँ भन्नुहुन्छ,“विदेशमा बस्दा फलफुल र तरकारीखेतीमै काम गरेकोअनुभवले गर्दा फलफुल र नगदेबालीको नर्सरी स्थापना गरी आफ्नो कृषि कर्मलाई निरन्तरता दिएको छु ।” 

    बिहान बेलुकी आफैँ नर्सरीमा खट्ने खनालले पाँचजना स्थानीय युवालाई रोजगारी दिएका छन् । किबी, टिम्मुर, एबोकाडो, अलैँची, कागती, सुन्तला प्रजातिका बिरुवा उत्पादन हुने नर्सरीबाट आम्दानीसँगै रोजगारी पाएको स्थानीय चन्द्र खतिवडाले बताउनुभयो । रोजगारीसँगै कृषि क्षेत्रमा गर्नुपर्ने प्राविधिक ज्ञान पनि प्राप्त भएको छ, खतिवडा भन्नुहुन्छ,“शुरुमा नर्सरीमा किन नङ खियाउनु जस्तो लाग्थ्यो अहिले गर्दै जाँदा आम्दानीका स्रोतसँगै आफ्नो बारीमा किबीखेती रोपी  आम्दानी गर्न थालेका छौँ ।” 

    पूर्वी नेपालका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हुने अलैँचीको बिरुवा खनालको नर्सरीबाट वार्षिक १० लाखको सङ्ख्यामा बिक्री हुन्छ । सरकारले सन्दकपुर गाउँपालिकालाई किबी जोन बनाएपछि उहाँको नर्सरीमा किबीका बिरुवाको माग बढी छ । कागती, अचार खाने टिम्मुर सुन्तलाका बिरुवा १० लाखको सङ्ख्यामा वार्षिक बिक्री हुने गरेको छ ।

    सन्दकपुर–२ का वडाध्यक्ष रहेका खनालको नर्सरीको आम्दानी देखेर स्थानीयवासीलाई पनि कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको स्थानीय बताउँछन् । हरेक वर्ष ३० लाख बिरुवा बिक्री गर्ने खनालको नर्सरी तीन वटा टनेलमा राखिएको छ । एक टनेलबाट खर्च कटाएर सात लाख आम्दानी हुने गरेको छ । रासस

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij