२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य चालू महिनाकै उच्च बिन्दुमा पुगेको छ ।
गत शुक्रबारको तुलनामा तोलामा ६०० रुपैयाँ वृद्धि हुँदा छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । गत शुक्रबार चाँदीको प्रतितोला मूल्य १४ सय ५० रुपैयाँ रहेकोमा आइतबार १४ सय ८५ रुपैयाँ पुगेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij