Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

भूमिहीन बादी परिवारका लागि घर बन्दै

भूमिहीन बादी परिवारका लागि घर बन्दै


  • 6.0K
    Shares

    भूमिहीन बादी परिवारका लागि घर बन्दै

    डोटी । वर्षौँदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न शुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सरकारी जमीनमा बस्दै आएका बादी समुदायका भूमिहीन सात परिवारका लागि अब घर बन्ने भएको छ । 

    नगरपालिकाले कार्यविधि बनाएर ती परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि दुई÷दुईकोठे घरको शिलान्यास गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । भूमिहीन बादी समुदायका ती परिवारलाई दुईकोठे घर निर्माण गर्न रु ४१ लाख ४९ हजार ९८।७६ मा ठेक्का सम्झौता भएको छ ।

    उहाँका अनुसार घर निर्माणका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५÷७६ को रु १२ लाख रकमबाट  तीन घरपरिवारलाई र आव २०७६÷७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई गरी जम्मा सात घरपरिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले विसं २०७६ वैशाख ५ गते पुस्कर बादी, गणेशबहादुर बादी र श्याम दासलाई उक्त जग्गाधनी पुर्जा प्रदान गरेको थियो भने माया बादी, भक्तबहादुर दास, तेजबहादुर दास, दिलबहादुर बादीलाई आज जग्गाधनी पुर्जा प्रदान गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिनुभयो । 

    उहाँका अनुसार उक्त जग्गा बिक्री वितरण भने गर्न नपाइने गरी जग्गाधनी पुर्जा प्रदान गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो । चालू आवको असार मसान्तभित्र सातवटै घर निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको गत माघ १० गते सम्झौता भई निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरका प्रतिनिधि सुचित्र शाहले बताउनुभयो ।

    दुईकोठे सात घर निर्माणका लागि रु ४१ लाख ४९ हजार ९८।७६ मा ठेक्का सम्झौता भएको छ । निर्माण कार्यको ह्याबिटेट नामक संस्थाले प्राविधिक सहयोग गर्ने भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश विष्टले जानकारी दिनुभयो । यहाँका बादी समुदायका बालबालिका पढ्नबाट वञ्चित भएका कारण ती बादी समुदायको घर निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कुराको पनि व्यवस्था हुनसके राम्रो हुने डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो घर र जमीन नभएका कारण बादी समुदायका बालबालिका पढाइबाट समेत वञ्चित रहेछन्, 

    घरसँगै अब उनीहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था हुनु जरुरी भएको छ ।” लामो समयदेखि नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा बसोबास गर्दै आएका बादी समुदायले घर र जमीन पाएपछि स्थानीयवासी निकै खुशी छन् । आफूलगायत सात घरपरिवारका लागि लालपुर्जासहितका घर निर्माण हुन थालेपछि निकै हर्षित भएको स्थानीयवासी माया बादीले बताउनुभयो । भूमिहीन यहाँका बादी समुदाय लामो समयदेखि समूहगाड, तिखा, राजपुर, सुनगडा, सेती प्राविधिकको मूलगेट, कालागाढलगायतका जिल्लाका विभिन्न क्षेत्रमा टहरा बनाएर बस्दै आएका थिए । रासस

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij