Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिका बिच अन्तरपालिका समन्व्यात्मक बैठक सम्पन्न

गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिका बिच अन्तरपालिका समन्व्यात्मक बैठक सम्पन्न


  • 3.1K
    Shares

    गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिका बिच अन्तरपालिका समन्व्यात्मक बैठक सम्पन्न

    गोरखा । गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिका बिचको अन्तरपालिका संयुक्त बैठक बुधबार सम्पन्न भएको छ । गोरखा नगरपालिकाको कार्यालयमा भएको अन्तरपालिका बैठक बिभिन्न ९ वटा निर्णय गर्दै सम्पन्न भएको भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

    बैठकले गोरखा नगरपालिका सव स्टेशनबाट आहाले–फिनाम हुँदै जाने ३३ केभिए विद्युत प्रशारण लार्यन व्यवस्थित गरी ध्याम्पेसालमा सब स्टेशन शिग्र सञ्चालनमा ल्याउने पहल गर्ने निर्णय गरेको छ । त्यस्तै गोरखा नगरपालिका वडा नम्बर २ स्थित आहाले भञ्ज्याङ पहिरो नियन्त्रण गर्नुका साथै आहाले–खान्चोक भन्ज्याङ्ग बैकल्पिक बाटो स्तरोन्नती गर्ने कार्य अघि बढाउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको उहाँले जानकारी दिए ।

    जग्गा बर्गिकरणका क्रममा गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाको जिआईएस प्रविधि मार्फत साँध सिमाना अद्यावधिक गर्ने, सिखे–बाह्रविसे निवेल सडक ट्रयाक खोल्न दुई पालिका बीच आवश्यक सहकार्य गर्ने, दुई पालिकाको सिमानामा रहेको मसेलखोला - निवेल तटबन्ध निर्माण गर्ने, ज्यादुलखोलामा मोटरेबल पुल निर्माण गर्न आवश्यक समन्वय गर्ने निर्णय समन्यात्मक बैठकले गरेको छ बैठकले गोरखा नगरपालिका– झिंगटे– अश्राङ– बोर्लाङ– आरुघाट सडक आयोजना, गोरखा नगरपालिका सिम्ले पँधेरा– पुतलीबजार – सिखे सडक आयोजना सम्पन्न गर्न आवश्यक समन्वय गर्ने सहमति पनि दुई पालिका बिच भएको छ ।

    त्यस्तै भिमसेन थापा गाउँपालिकाले सञ्चालन गरेको सहिद स्मृती आधारभूत अस्पतालबाट विमा सेवा शुभारम्भ गर्न गोरखा नगरपालिका स्थित छेवेटार स्वास्थ्य चौकीमा रहेको एक्स रे मेसिन अर्को व्यवस्था नभएसम्म उक्त अस्पताललाई उपलब्ध गराउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०९:५४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij