Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त


  • 2.4K
    Shares

    माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको बिहीबार बिहान बसेको ४९१औं सञ्चालक समिति बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

    बैंकका निर्वतमान अध्यक्ष डा. उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले केसीलाई अध्यक्षमा चयन गरेको छ ।

    केसी ९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् । उनी यसअघि २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म पनि बैंकका अध्यक्ष थिए ।

    हाल अध्यक्षमा नियुक्त हुनुअघि उनले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गरिरहेका थिए । केसी एक सफल युवा व्यवसायीको रुपमा स्थापित छन् । हाइड्रो, कन्स्ट्रक्सनलगायत क्षेत्रमा पनि उनी आबद्ध छन् ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०८:०४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij