२०८२ माघ ७ गते बुधवार
सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २२औँ वार्षिक साधारणसभाले चार दशमलव २१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कर प्रयोजनसमेतका लागि चुक्ता पुँजी १४ अर्ब नौ करोड रुपैयाँको चार दशमलव २१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ लाभांश बाँड्ने भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij