Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

केरा बगानमा लुकाइछिपाई राखिएको गाँजा बरामद

केरा बगानमा लुकाइछिपाई राखिएको गाँजा बरामद


  • 6.5K
    Shares

    केरा बगानमा लुकाइछिपाई राखिएको गाँजा  बरामद

    सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीको भण्टावारीबाट ४९ किलो गाँजा बरामद गरेको हो ।

    कोशी गाउँपालिका –८ बाट केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा मंगलबार साँझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताउनुभयो ।

    निजी जग्गामा लगाइएको केराखेतीबाट गाँजा बरामद भएको हो । केराघारीभित्र जमिनमा माटोले पुरेर राखेको अवस्थामा बरामद भए पनि गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन हुन सकिरहेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १०:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij