Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चार दिनदेखि बेपत्ता पत्रकार प्रकाशको शव कृष्णभीरमा भेटियो

चार दिनदेखि बेपत्ता पत्रकार प्रकाशको शव कृष्णभीरमा भेटियो


  • 3.8K
    Shares

    चार दिनदेखि बेपत्ता पत्रकार प्रकाशको शव कृष्णभीरमा भेटियो

    काठमाडौं । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए ।

    लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला पारेको हो । त्रिशुली नदीमा र्‍याफ्टिङ गरिरहेका एक व्यक्तिले  टाढाबाट देखेर प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि प्रहरीसहितको टोली घटना स्थल पुगेको हो ।

    उनको शवमा एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको बताए । शरीरमा सामान्य चोटपटक छ । उनको मोबाइल भने सुरक्षित भेटिएको उनले जानकारी दिए । ‘शवको अवस्था हेर्दा घटना शंकास्पद देखिन्छ। आज शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै छ ।

    परिवारका सदस्य शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने तयारी गरेका छन् । पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए । त्यसपछि उनको खोजबिन सुरु भएको थियो ।

    लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिव हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबईमा छँदा सो जिम्मेवारीमा थिए । उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन् । ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो । उनीहरूका दुई सन्तान छन् । सन्तान आमासँग बस्दै आएका थिए । पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि थिए ।

    उनी विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत रहेका थिए ।

    प्रकाशित मिति :मंसिर ४ २०८० सोमवार - १४:५४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij