२०८२ माघ ७ गते बुधवार
कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
मुद्दति निक्षेप संस्थागत तर्फ व्यक्तिगत खातामा न्यूनतम ९.०१० देखि १०.५१२ प्रतिशतसम्म रहेको छ। संस्थागत तर्फ ८.०१२ प्रतिशत रहेको छ। बैंकको मुद्दति निक्षेप खाता १२ वटा रहेका छन्।
कात्तिक महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशतसम्म रहेको छ। संस्थागत तर्फ ८.२६ प्रतिशत रहेको छ।
असोज मसान्तसम्म बैंकको आधारदर १०.३८ प्रतिशत रहेको छ। बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम कायम गरी ब्याजदर निर्धारण गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij