Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न


  • 3.0K
    Shares

    • images
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

    काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।  

    नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा सो तालिम सम्पन्न गरिएको हो । 

    नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलक बहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतको उपस्थितिमा कार्तिक २० देखि २२ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि कृषि,पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको हो । 

    उक्त तालिममा तनहुँ लगायत विभिन्न जिल्लाहरुबाट ३३ जना व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात् कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

    यस तालिम बाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएकोे छ ।

    प्रकाशित मिति :कार्तिक २४ २०८० शुक्रवार - १२:४२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij