Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पछिल्लो २४ घण्टा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ को मृत्यु

पछिल्लो २४ घण्टा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ को मृत्यु


  • 8.3K
    Shares

    • images
    पछिल्लो २४ घण्टा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ को मृत्यु
    images

    काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    २ हजार ७१५ पीसीआर परीक्षण गरिएको मध्ये आज (मंगलवार) ५९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यससँगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । मंगलवार ६० संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या  २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

    मंगलवार १ संक्रमितको मृत्यु भएको छ । हालसम्म मुलुकभर ३ हजार १२ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । 
     

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १६:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij