Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार

स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार


  • 5.1K
    Shares

    स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार
    images

    चितवन । चितवनमा चालू आर्थिक वर्षमा १० हजार ५४८ जना सुत्केरी भएका छन् । जसमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० हजार ३११ जना छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ३५.७ प्रतिशत महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका छन् ।

    सुत्केरी  हुनेमध्ये तीन हजार ७६२ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो ।

    दुई प्रतिशत अर्थात् २१८ महिलाले ‘भ्याकुम फोर्स’का सहायताबाट बच्चा जन्माएको उहाँले बताउनुभयो । ६२।३ प्रतिशत अर्थात छ हजार ५६८ महिलाले समान्यरुपमा बच्चा जन्माएको कार्यालयको तथ्याङक छ । 

    चालू आवमा मातृ मृत्युदर एक लाखमा ३३।२ रहेको छ भने जन्मेको २८ दिनभित्रमा २१ जना शिशुको ज्यान गएको छ । गत आव २०७६÷७७ मा ३४।३ प्रतिशत अर्थात छ हजार ४४९ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका थिए । गत आवमा जिल्लाभरमा १८ हजार ७८५ महिला सुत्केरी भएका थिए । जसमा स्वास्थ्य संस्थाबाट १८ हजार ४९३ जनाले सुत्केरी गराएका थिए ।

    भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले महिलाको शारीरिक अवस्था, बच्चाको अवस्थालगायतका विभिन्न कारणले गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने देखिएमा डाक्टरले नै शल्यक्रिया गराउन सल्लाह दिनुहुन्छ । कतिपय अवस्थामा पीडा सहन नसक्दा गर्भवती र आफन्तले नै शल्यक्रिया गरिदिन भन्ने गरेको उहाँले बताउनुभयो ।

     पछिल्लो समय महिलाले जोखिम मोल्न र पीडा सहन नसक्दा शल्यक्रिया गरेर सुत्केरी गराउने क्रम बढेको डा पोख्रेल बताउनुहुन्छ । “यस्तै एकपटक शल्यक्रियामार्फत् बच्चा जन्माएकी महिलाले अर्को पटक जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने भएकाले पनि यो दर बढ्दै गएको उहाँले बताउनुभयो ।” रासस

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १५:२१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij