Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा


  • 7.5K
    Shares

    प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
    images

    भिरकोट नगरपालिका–८ मा अवस्थित खिलुङ देउराली स्वास्थ्यचौकीले शुरुआत गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै गत असोजदेखि शुरु गरिएको सेवाले स्थानीयवासी औधि खुशी भएका हुन् ।

    सेवाअन्तर्गत सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी  दिइँदै आएको स्वास्थ्यचौकीका प्रमुख दीपेश नेपालीले जानकारी दिनुभयो ।  “ग्रामीण भेगमा रहेका महिलालाई लक्ष गरी टेलिमेडिसिन सेवाको शुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले यो सेवा निकै प्रभावकारी बन्दै गएको छ भने घरमै बसेर पनि सेवा लिन सक्ने अवस्था बनेकाले सहज भएको छ ।”

    सेवाका लागि भिरकोट र आइपास नेपालबीच सम्झौता छ । नगरभित्र रहेका ५२ महिला स्वास्थ्य स्वयंसेविका र अनमीलाई अभिमुखीकरण गरेपश्चात्  गत असोज ६ गतेदेखि टेलिमेडिसिन सेवाबाट सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाको शुरुआत गरिएको हो । 

    “प्रत्येक वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहने गरी १७ जनालाई छनोट गयौँ”, उहाँले भन्नुभयो, “महिला स्वयंसेविकाहरुसँग गर्भ रहेका महिलाहरुले टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइपलगायत माध्यमहरुको प्रयोगबाट कुराकानी गर्ने र अनिच्छित गर्भपतन गर्न चाहेमा सुरक्षित गर्भपतन गराउने व्यवस्था मिलाउने कार्य हुँदै आएको छ ।”

    सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत खिलुङ स्वास्थ्यचौकीमा नौ हप्तासम्मको महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । “टेलिमेडिसिन सेवा ग्रामीण भेगका महिलाहरुका लागि बढी प्रभावकारी बनेको छ”, प्रमुख नेपालीले भन्नुभयो, “स्वास्थ्यचौकीसम्म आउन नभ्याउने वा अझ बढी गोपनीयताका कारण घरबाटै सेवा लिनेहरु बढ्दै गएका छन् भने घरमै बसेर आवश्यक परामर्श पाउने भएकाले पनि सेवाग्राहीहरु निकै खुशी देखिन्छन् ।”

    सेवा सञ्चालनका लागि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम, सञ्चार खर्च, महिला स्वयंसेविकाको मासिक खाजा खर्च, गर्भपतन गराउनेहरुका लागि आवश्यक औषधि तथा सामग्री, निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिनुभयो । यसको प्रयोगले सेवाको पहुँच विस्तार र सुनिश्चितता भएको तथा प्रविधिको प्रयोग पनि बढ्दै गएको उहाँको भनाइ थियो । रासस

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १४:३८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij