Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा खड्का

रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा खड्का


  • 5.1K
    Shares

    रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा खड्का
    images

    नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उहाँको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

    अकस्मात् बिरामी परेपछि उहाँलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको कांग्रेस म्याग्दीले जनाएको छ । उहाँ गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत हुनुभएको थियो । उहाँ मुटुसम्बन्धी रोगको औषधि सेवन गर्नुहुन्थ्यो ।

    कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बन्नुभएको थियो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष  उहाँ जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात हुुनुहुन्थ्यो ।  

    एक समय बेनीको प्रकाश माविका शिक्षकसमेत रहनुभएका  उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति खड्का स्वाभिमानी र निष्ठावान् नेताका रुपमा जिल्लामा सुपरिचित हुनुहुन्थ्यो  ।

    पूर्वसभापति खड्काको निधनप्रति कांग्रेसका नेताकार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उहाँको आज नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिने कांग्रेस म्याग्दीका नेताहरुले बताएका छन् । रासस

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १४:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij