२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ ।
यस्तो सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेको कम्पनीले जनाएको छ। यसको समयसीमा १५ दिनको रहने छ।
‘एनसेल आजियाटा शुक्रबार रातिको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको जानकारी गराउन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij