Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

ओलीका मन्त्रीलाई माओवादी केन्द्रको बैठकमा प्रचण्डले बोलाए, अरू क-कसलाई दिए निम्तो ?

ओलीका मन्त्रीलाई माओवादी केन्द्रको बैठकमा प्रचण्डले बोलाए, अरू क-कसलाई दिए निम्तो ?


  • 7.5K
    Shares

    • images
    ओलीका मन्त्रीलाई माओवादी केन्द्रको बैठकमा प्रचण्डले बोलाए, अरू क-कसलाई दिए निम्तो ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेमा भएका नेताहरुलाई पनि स्थायी कमिटी बैठकमा बोलाएका छन्।

    दिउँसो १ बजे माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकमा एमालेमा  प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका नेताहरुलाई समेत बोलाइएको हो।

    स्थायी कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रमु साह र खानेपानी मन्त्री मणि थापालाई समेत बोलाएका हुन्।

    ‘हामीले तत्कालीन माओवादीका सबै स्थायी कमिटी सदस्यलाई बोलाएका छौै। सबैलाई बोलाउने क्रममा ओली पक्षमा गएका स्थायी कमिटी सदस्यलाई पनि बोलाउनुपर्‍यो,’ कार्यालय सचिव प्रह्लाद बुढाथोकी भने।

    यसअघि नेकपामा विवाद उत्पन्न हुँदा केपी शर्मा ओलीपक्ष र प्रचण्ड–माधवपक्ष भई विभाजित थिए। यसरी विभाजित हुँदा बादल, रायमाझी, भट्ट, साह, थापा ओली पक्षमा उभिएका थिए। ओली पक्षमा माओवादी पक्षबाट गौरीशंकर चौधरी श्रम र दावा तामाङ खेलकुद मन्त्री भएका छन्।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १३:२७:३५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij