Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बारामा घरभित्रै युवककाे हत्या, सीसीटिभी फुटेजको आधारमा आरोपी पक्राउ

बारामा घरभित्रै युवककाे हत्या, सीसीटिभी फुटेजको आधारमा आरोपी पक्राउ


  • 7.2K
    Shares

    बारामा घरभित्रै युवककाे हत्या, सीसीटिभी फुटेजको आधारमा आरोपी पक्राउ

    बारास्थित निजगढ नगरपालिका–९ बुद्धचोकमा घरभित्रै एक युवकको हत्या भएको छ।  बाराका डिएसपी गौतम मिश्रले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो। हत्या कसले गरेको भन्नेबारेमा केही खुलेको छैन ।

    मृतक शर्मा हत्या गरेर उनको घरबाट साह मङ्गलबार बिहान साढे चार बजेको समयमा मोटरसाइकलमा निस्केको सीसीटिभी फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर आएको थियो ।

    हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख ईन्स्पेक्टर विकास थपलियाले जानकारी दिएकाछन् ।

    जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले ओतपोत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको हो । 

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १२:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij