Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पेण्डुलम बनाएर ओलीलाई लगाईदैछ यस्तो दाग, दुई तिहाईबाट झरेका ओली यसरी बन्दैछन् घाईते बाघ 

पेण्डुलम बनाएर ओलीलाई लगाईदैछ यस्तो दाग, दुई तिहाईबाट झरेका ओली यसरी बन्दैछन् घाईते बाघ 


  • 5.7K
    Shares

    पेण्डुलम बनाएर ओलीलाई लगाईदैछ यस्तो दाग, दुई तिहाईबाट झरेका ओली यसरी बन्दैछन् घाईते बाघ 

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको आइतबारको फैसलाले मुलुकको राजनीतिक कोर्सलाई अर्कै बिन्दुमा सारीदिएको छ । प्रारम्भमा फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्साहित बनाएको देखिए पनि अन्ततः सबैभन्दा धेरै प्रहार ओली माथि नै भएको बताइन्छ । दुई तिहाईनिकट बहुमतको सरकारका शक्तिशाली प्रधानमन्त्रीलाई क्षणभरमा मिलिजुली सरकार प्रमुखको हैसियतमा झारिदिएको छ । पाँच वर्ष सामान्य विपक्षीको हैसियतमा बसिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई फैसलाले एकाएक प्रधानमन्त्रीको कुर्सीमा सजिलैसँग आँखा लगाउनसक्ने बनाइदिएको छ ।

    अदालतको पछिल्लो फैसलाले संसदमा कुनै निर्णायकको हैसियत नबनेको नेपाली काँग्रेसलाई केन्द्रविन्दुमा ल्याइदिएको छ भने चौथो हैसियतमा रहेको जसपाको भाउलाई पनि ह्वात्तै बढाइदिएको छ । त्यसैले अब काँग्रेसले जे निर्णय गर्छ,राजनीति पनि त्यतै जाने विश्लेषकहरूले बताउन थालेका छन् । तीन वर्षदेखि चर्को बहुमतमा रहेर शासन गर्दै आएका  केपी ओली नेतृत्वको सरकारलाई झट्का दिने गरी संयुक्त वा अल्पमतमा परिणत गराइदिएपछि राजनीतिक समीकरणको नयाँ अध्याय शुरु भएको हो ।

    आइतबार बिहानसम्म अविश्वास प्रस्ताव आए फेस गर्ने र विश्वासको मत नलिने बताउँदै आएका  प्रधानमन्त्रीलाई अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिले मिलिजुली सरकारको हैसियतमा पुर्याएको कारण अब उहाँले बहुमत सिद्ध गरेर देखाउनुपर्ने बाध्यता आइपरेको छ । त्यसको निम्ति विश्वासको मत लिनैपर्ने हुन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको तीन वर्षअघिको समर्थन फिर्ता लिएको घोषणा गरेपछि त्यो अवस्था स्वतः आइपर्छ । सम्भवतः यो साता नै माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा गर्नेछ ।

    नेकपा फुटिसकेकाले अब काँग्रेस एमाले र माओवादीमध्ये एउटा खेमामा लाग्नैपर्ने अवस्था पनि बनेको छ ।

    संसदभित्रको राजनीतिले अर्को बाटो लिएको अवस्थामा माओवादी,काँग्रेस र राजपाले संयुक्त रुपमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नसक्ने सम्भावना पनि त्यत्तिकै छ । कतिपयले राजनीतिको पहिलो कोर्स नै अब अविश्वासको प्रस्तावबाट शुरु हुने बताएका छन् । राजनीतिले उक्त बाटो नपक्रिए मात्र माओवादीले समर्थन फिर्ता लिएको घोषणा हुने बताइन्छ ।

    त्यसो हुँदा विश्वासको मत फिर्ता लिएको घोषणा हुनेबित्तिक्कै प्रधानमन्त्री ओलीले विश्वासको मत माग्नुपर्ने हुन्छ । अनि त्यो बेलामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर एमाले बाहेक अरु सबै दलले पेण्डुलम बनाउने रणनीति अंगिकार गर्ने सम्भावना प्रवल छ । त्यसपछि संयुक्त सरकारको पहल पनि नगर्ने, क्रमशः संविधानको धारा ७६ ९५० सम्म यहि सरकारलाई पुर्याउने र त्यसले पनि विश्वासको मत नपाएपछि संसद भंग गराएर फेरि चुनाव घोषणा गर्ने अर्को डिजाइन समेत अघि बढ्न सक्ने सम्भावनालाई समेत नकार्न नसकिने अवस्था पनि ज्यूँको त्यूँ छ ।

    तर,त्यतातर्फ गहिरिएर विश्लेषण गर्दा काँग्रेसले केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री मानेर समर्थन गरिरहने अवस्था पनि देखिँदैन । उसले केपीको प्रधानमन्त्रीत्वलाई जसरी पनि फाल्नुपर्ने निचोड निकालिसकेको छ । केही दिनअघि देउवाले अर्कै प्रसंगमा प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्रधानमन्त्री हो भनेर उल्लेख गरेको सन्दर्भलाई काँग्रेसीहरूले आइतबारदेखि जोडेर हेर्न थालेका छन् ।

    अस्तिसम्म काँग्रेसीहरूको योजनामा नेकपा फुटेपछि मात्र अघि बढ्ने भन्ने थियो । अहिले नेकपा फुटिसकेकाले अब काँग्रेस एमाले र माओवादीमध्ये एउटा खेमामा लाग्नैपर्ने अवस्था पनि बनेको छ । यस्तोमा उसले विशेषगरी माओवादी केन्द्रलाई नै साथ दिनेमा शंका छैन ।

    एमालेको १ सय २० र जसपाको ३२ जना सांसदले सरकार बनाउन सहज अवस्था देखिन्छ ।

    हुन तः काँग्रेसले गत असारमै ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन मसक्कसँग आँटेको थियो । तर,गत साता अघि बढेको अविश्वास प्रस्तावप्रति भने ऊ त्यति खुल्न सकेन । किनभने असारमा प्रचण्ड प्रधानमन्त्रीको अलमलमा परेका कारण काँग्रेसले बढाउन खोजेको अविश्वास प्रस्ताव त्यत्तिकै तुहिएको थियो । केपीले मैले तपाईंलाई नै छाडिदिने हो भनेपछि प्रचण्ड अलमलिएको काँग्रेसीहरूको बुझाई छ । त्यो बेला आँट नगरेपछि काँग्रेसले प्रचण्डप्रति विश्वास गर्न नसकेको र गत सातासमेत त्यहि फर्मुलाले काम गरेको बताइन्छ ।

    यतिखेर नेकपा औपचारिक रुपमा फुटेको छ । त्यसैले काँग्रेसलाई अब सरकारमा जान चाहने हो भने मार्ग प्रशस्त भएको छ । तर, प्रधानमन्त्री ओलीको नेतृत्वमा चुनावमा जाने हो कि आफ्नै नेतृत्वमा सरकार चलाउने भन्ने दुईवटा विकल्प काँग्रेस सामुन्ने देखिएको छ ।

    अर्कोतर्फ एमाले र जसपा मिलेर पनि सरकार बन्न सक्ने बताउन थालिएको छ । एमालेको १ सय २० र जसपाको ३२ जना सांसदले सरकार बनाउन सहज अवस्था देखिन्छ । तर,ओलीको नेतृत्व नमान्ने भन्दै आएको जसपाले एमालेभित्रको वैकल्पिक नेतृत्वलाई स्वीकारेर नयाँ ढंगको सरकार बन्न सक्ने अवस्था भने खुल्ला देखिन्छ । जसपाका एकजना नेता भन्छन् ‘विपक्षीहरू सबै एमालेप्रति होइन केपीप्रति नकारात्मक हुन् ।’

    तर,प्रधानमन्त्री केपी शर्मा ओली छँदाखाँदाको चर्को बहुमत र शक्तिशाली प्रधानमन्त्री पद छाड्नुपर्दा घाइते बाघ झैँ बन्ने पक्का छ । त्यसैले अझै पनि उहाँले एमालेभित्रैका अरुलाई सरकारको नेतृत्व छाड्ने सम्भावना झिनो देखिन्छ । भलै अर्को दलका कसैले रजगज गरेको हेर्नुमा उहाँले सन्तोष मान्ने ओली निकटस्थहरूको तर्क छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १२:०४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij