Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

गायिका सज्जाले गरिन् जुगल हिमाल आरोहण

गायिका सज्जाले गरिन् जुगल हिमाल आरोहण


  • 2.5K
    Shares

    गायिका सज्जाले गरिन् जुगल हिमाल आरोहण

    गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन्। 

    उनले ‘कलामा महिला सहभागिता’को सन्देशसहित जुगल हिमालको चुचुरोमा पाइला राखेकी हुन्। चुचुरोमा पुगेर उनले ‘कलामा महिला’ नारा लेखिएको ब्यानर पनि फहराएकी छन्।

    हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन्।

    उनले लेखेकी छिन् ‘कला कुनै विशेषाधिकार होइन, यो एक अधिकार हो। मानव हुनुको आधारभूत भाग हो। ‘कलामा महिलाहरु’को आरोहण नारासहित सबै महिलाको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु। महिला भएको नाताले मैले सधैं महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरुलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ। त्यसैले मैले सक्दो प्रयास गरें। यो आरोहण सबै महिलाको लागि हो। म धन्य छु।’

    सज्जाले हिमालय सेपहर्ड नेपालको आरोहण युनिटसँग जुगल हिमाल चढेकी हुन्। उनी गायन रियालिटी शो नेपाल आइडल सिजन ३ की विजेता समेत हुन्।

    प्रकाशित मिति :कार्तिक १५ २०८० बुधवार - ११:५०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij