Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

युवापुस्तालाई दक्षता प्रदान गर्न पत्रकारिता तालिम

युवापुस्तालाई दक्षता प्रदान गर्न पत्रकारिता तालिम


  • 13.3K
    Shares

    युवापुस्तालाई दक्षता प्रदान गर्न पत्रकारिता तालिम
    images

    मोरङ । नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले तालिम शुरु भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र सङ्घ मोरङ शाखाको संयुक्त आयोजनामा यहाँ एकहप्ते आधाभूत तालिम सञ्चालन गरिएको छ ।

    तालिममा मोरङ, झापा, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटा, सप्तरी र धनुषाका गरी ४० युवायुवती सहभागी छन् । आगामी चैत २ गते सम्पन्न हुने सो तालिमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने विश्वास लिइएको छ । पछिल्लो अवस्थामा यस पेशामा नयाँ पुस्ताको सहभागिता एवं रुचि बढिरहेकाले तालिम आयोजना गरिएको शाखाका सभापति बन्धु पोखरेलले जानकारी दिनुभयो । महासङ्घका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झाले प्रशिक्षण गर्नुहुनेछ ।

    विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तालिमको सोमबार उद्घाटन गर्नुहुँदै पत्रकारिता क्षेत्र ज्यादै चुनौतीपूर्ण एवं कठिन रहे पनि गर्व गर्ने पेशा हो भन्नुभयो । उहाँले प्रशिक्षार्थीलाई लगनशील र इमान्दारीपूर्वक कार्य गर्न आग्रह गर्दै खोजमूलक पत्रकारिताले समाजलाई नयाँ बाटो देखाउन सहयोग पुर्याउने बताउनुभयो ।

    उहाँले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विगत केही वर्षदेखि पत्रकारिता क्षेत्रमा नयाँ अनुहारको खडेरी लागेको अवस्थामा व्यावसायिक पत्रकारिता गर्न आउनुभएका ठूलो सङ्ख्यामा सहभागी देखेर खुशी लागेको बताउनुभयो ।

    महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष झाले पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि ११ जिल्लामा तालिमको आयोजना गरिएको जानकारी दिँदै समाजलाई रूपान्तरण गर्ने कार्यमा महिला पत्रकारको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले महासङ्घ स्थापना भएको ६५ वर्षको अवधिमा यस प्रकारको तालिम पहिलोपटक आयोजना गरिएको धारणा राख्नुभयो ।

    प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चारकर्मी र सञ्चारगृहको क्षमता विकास गर्न प्रतिष्ठानले सहयोग गर्ने बताउँदै सिकेको ज्ञान व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

    महासङ्घका मोरङ अध्यक्ष पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष लीलावल्लभ अधिकारी, महासङ्घका मोरङ पूर्वअध्यक्ष शिवबहादुर कार्की र महासङ्घका केन्द्रीय कार्यालयका सङ्घर्ष पन्तले पत्रकारको सुरक्षा र दुर्घटना उपचारमा महासङ्घले सहयोग गरेको धारणा राख्नुभयो । तालिम बिहान ८ देखि मध्यान्ह १२ र दिउँसो २ देखि ६ बजेसम्म गरी दुई चरणमा सञ्चालन हुनेछ । रासस

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १२:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij