Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने


  • 2.5K
    Shares

    सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने
    images

    सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    बैंक सञ्चालक समितिको ४१८औँ बैठकले हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँको ४.२१ प्रतिशत बराबरको ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाले पारित गरेर वितरण गरिने छ।

    बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २६ करोड अर्थात् ९.११ प्रतिशतले बढी हो।

    खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको छ। जसको कारण बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो।

    यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्क भएपश्चात सेयरधनीलाई नै वितरण गरिन्छ। तसर्थ विनियोजित रकम १ अर्ब ४६ करोडसमेत गणना गर्दा बैंकको वास्तविक वितरणयोग्य मुनाफा २ अर्ब १२ करोड रुपैयाँ कायम हुन आउँछ।

    प्रकाशित मिति :कार्तिक १३ २०८० सोमवार - १७:५८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij