Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बेनीघाटमा ट्रक दुर्घटना : २ को मृत्यु

बेनीघाटमा ट्रक दुर्घटना : २ को मृत्यु


  • 19.6K
    Shares

    बेनीघाटमा ट्रक दुर्घटना : २ को मृत्यु
    images

    धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा ट्रक दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

    मंगलबार रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थान घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेरलको मृत्यस भएको हो ।

    ट्रकले थिचिएर दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको पनि प्रहरीले बताएको छ । दुर्घटना कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - ११:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij