Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बाराको निजगढमा घाँटी रेटी युवकको हत्या

बाराको निजगढमा घाँटी रेटी युवकको हत्या


  • 4.9K
    Shares

    बाराको निजगढमा घाँटी रेटी युवकको हत्या
    images

    बारा ।  बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित बुद्धचोकमा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । स्थायी घर रौतहट चन्द्रनिगाहपुर भएका १९ वर्षीय युवक रोहित शर्माको हत्या भएको हो । 

    मृतकको परिवारले निजगढमासमेत घर बनाएका थिए । निजगढको आफ्नै घरको माथिल्लो तल्लामा उनको शव फेला परेको हो । घाँटी रेटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

    घटना बारे थप बिवरण आउँन बाँकी छ । घर मैं एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।

    घटना स्थलमा ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली परिचालन गरिएको छ , भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत घटना स्थल तर्फ प्रस्थान गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १०:२४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij