Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

नहर भत्किँदा विद्युत् अवरुद्ध

नहर भत्किँदा विद्युत् अवरुद्ध


  • 5.0K
    Shares

    नहर भत्किँदा विद्युत् अवरुद्ध
    images

    हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् ।

    रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन् । क्षतिबाट अवरुद्ध भएको नहर मर्मतका लागि फागुन २२ गतेदेखि २० स्थानीयवासीलाई काममा खटाइएको विद्युत् कार्यालयका सहयोगी हरीकृष्ण जैसीले जानकारी दिनुभयो ।

    एक हप्ताभित्र विद्युत् सेवा आपुर्ति गर्नका लागि नहर मर्मतमा यहाँका स्थानीयवासी लागी परेका छन् । रुख ढलेर करिब १० मिटर नहर भत्किएको छ । तीस किलोवाट क्षमता रहेको विद्युत् प्रसारणको नहरमा ठूलो पानी आएका कारण रुख ढलेर क्षति भएको हो । विद्युत अवरुद्ध हुँदा वडा तीनको गोरापाली र ढकानीकुनाका नागरिक सहित वडा नं ४, ५ र ६ का पूरै बस्ती अन्धकार भएको छ । विद्युत प्रसारण लाइनमा भने कुनै समस्या नभएको बताइएको छ । रासस

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १०:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij