Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एउटै घरका ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

एउटै घरका ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो


  • 6.1K
    Shares

    एउटै घरका ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो
    images

    दैलेख । दैलेखको आठविस नगरपालिका –३ निमाईलका सोमबार एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा हाम फालेकोमा २ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरीउपरिक्षक अनुपम श्रेष्ठले बताए ।

    कर्णाली नदीमा हाम फालेका १४ बर्षिया कल्पना बडुवाल,११ बर्षिया सरिता बडुवालको शब अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । ‘३५ बर्षिय आमा सुकु बडुवाल र ८ बर्षिय ललित बडुवालर ५ बर्षिया रजनीबडुवालको शब भेटिएको छैन ।’ प्रहरी प्रमुख श्रेष्ठ भन्छने ‘मंगलबार गोताखोर टोलीबाट शब खोजतलास गरिनेछ ।’ मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

    सोमबार विहान घरबाट हिडेका ५ जना परिवारका सदस्य माइतमा नभेटिएपछि आफन्तले खोजतलास गरेको आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताईन । ’श्रीमानले दिनहुँ मदिरा सेवन गरेर झगडा गर्ने भएकाले आजित भएर नदीमा हाम फालेका हुनसक्छन ।’ उनले भनिन् । ‘नदीमै दुईवटा शब भेटिनुले पनि हामफालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ । मदिराकै कारण घरेलु हिंसालाई सहन गर्ने नसकेर आमा सहित ४ जना बच्चा हामफाल्न बाध्य भएका हुन् ।’

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - ०९:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij