Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चलचित्र बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने सम्बद्ध संघंसस्थाको घोषणा

चलचित्र बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने सम्बद्ध संघंसस्थाको घोषणा


  • 2.7K
    Shares

    चलचित्र  बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने सम्बद्ध संघंसस्थाको घोषणा
    images

    काठमाडौं । चलचित्र विधेयकको विषयलाई लिएर चलचित्र सम्बद्ध संघसंस्थाले चलचित्र विकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको छ ।

    शुक्रवार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघलगायत चलचित्र सम्बन्धी ९ वटा संघ संस्थाहरुको सामूहिक बैठक बसेको थियो ।

    बैठकले चलचित्र विकास बोर्डले सरोकारवाला संघसंस्थालाई खबर र छलफल नै नगरी चलचित्र विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेभ साइटमा राखेको भन्दै आपत्ति जनाएको छ । सरोकारवाला संघसंस्थाहरुको सहमतिबिना चलचित्र विधेयक अगाडी नबढाउन अनुरोध गर्दै संघसंस्थाले चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र बुझाएको छ ।

    यसअघि चलचित्र सम्बन्धी संघसंस्थाले ड्राफ्ट गरी बोर्डसँग सहमति गरेको विधेयक लुकाएर बोर्डले चलचित्र उद्योग र संघीयताको मर्म विपरीत गोप्य रूपमा विधेयक ड्राफ्ट गरी अगाडी बढाएको आरोप लगाएको छ ।

    शुक्रवार सञ्चार मन्त्री रेखा शर्मालाई पत्र बुझाउँदै सबै संघ संस्थाले सहमतिमा विधेयकको ड्राफ्ट वा सुझाव पठाइसकेपछि मात्र मन्त्रालयमा पेश गर्न माग गर्दै त्यस अघिका बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने ८ संस्थाले निर्णय गरेको हो ।

    नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले कुनै पनि संस्था र चलचित्रकर्मी चलचित्र विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

    सबै संघसंस्थाले अर्को शनिवारसम्म चलचित्र विधेयक अध्ययन गरी सुझाव र स्पष्टीकरणसहित चलचित्र विकास बोर्ड र मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०८० आइतवार - १३:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij