२०८२ भाद्र ८ गते आइतवार
काठमाडौ । अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डुबाट मंसिर महिनाभरी ट्याक्सी बुकिङ गर्दा ५० रुपैयाँ छुट हुने भएको छ। छुटका लागि यात्रुले त्ब्ह्क्ष्ःब्ल्म्ग्ज्ञक्त् प्रोमो कोड प्रयोग गर्नुपर्नेछ।
कम्पनीले आफ्नो स्थापनाको १ वर्ष पुरा गरेको अवसरमा उक्त छुट दिएको हो । छुट योजना अन्तरर्गत ट्याक्सी चालकहरुले मंसिर महिनाभर शुन्य प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । यस अघि कम्पनीले १० प्रतिशत कमिसन दिने गरेको थियो ।
यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ।
एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउने कम्पनीले जनाएको छ। त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा टीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने कम्पनीका प्रवन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij