Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

जब गोहीले ८ बर्षको बालकलाई स्वात्तै निल्यो, अनि पेट चिरेर यसरी निकालियो बाहिर 

जब गोहीले ८ बर्षको बालकलाई स्वात्तै निल्यो, अनि पेट चिरेर यसरी निकालियो बाहिर 


  • 9.5K
    Shares

    जब गोहीले ८ बर्षको बालकलाई स्वात्तै निल्यो, अनि पेट चिरेर यसरी निकालियो बाहिर 

    काठमाडौं । ८ वर्षका एक बालकलाई गोहीले निलेपछि उक्त गोहीको पेट चिरेर बालकको शरीर बाहिर निकालिएको छ । इण्डोनेसियामा भएको यो घटनामा बालकलाई निल्ने गोहीलाई समातेर उसको पेट चिरेर बालकको शवलाई बाहिर निकालिएको हो ।

    द सनको रिपोर्टअनुसार मृत बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मार्न गएका थिए । यही क्रममा यो घटना भएको हो । अचानक गोही पानीबाट बाहिर आयो र बच्चालाई तानेर पानीभित्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घटना भएको रिपोर्टमा जनाइएको छ ।

    आफ्नो छोरालाई गोहीले तानेर लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचाउने प्रयास गरेका थिए । उनले गोहीको पिछा गरेका थिए । पौडिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हानेर छोरालाई बचाउने प्रयास गरेका थिए तर उनी असफल भए ।

    घटनाको भोलिपल्ट गोहीलाई समातिएको थियो । गोहीलाई समातेपछि उसको पेट चिरेर बच्चाको शव बाहिर निकालिएको थियो । यसको केही हप्ता पहिले पनि इण्डोनेसियामा एक बालकलाई गोहीले मारेको थियो जसको शव अहिलेसम्म बरामद हुन सकेको छैन ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १२:२८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij