२०८२ माघ ८ गते बिहिवार
बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
बागलुङ गलकोटको हटियाबाट ताराखोला जाँदै गएको ग १ज ६५४० नम्बरको बोलेरो जिप बिहीबार दिउँसो ताराखोला गाउँपालिका–३ मन्यौला भन्ने ठाउँमा दुर्घटना हुँदा सात जना घाइते भएका जिल्ला प्रहरुी कार्यालय बागलुङले जनाएको छ।
जिप सडकबाट झण्डै २५ मिटर तल खसेर दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिए।
दुर्घटजनपछि जिप चालक चित्रबहादुर रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते सबैको गलकोट नगर अस्पतालमा उपचारका भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij