Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सरकारले जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने

सरकारले जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने


  • 2.6K
    Shares

    सरकारले जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने
    images

    सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्ने निर्णय लिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त सम्झौताका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको बताएकी छन्।

    बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्ने कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको शर्माले जानकारी दिइन्।

    सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ।

    प्रकाशित मिति :आश्विन १७ २०८० बुधवार - २०:००:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij