२०८२ चैत्र १ गते आइतवार
मोरङ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक आशिस इलेक्ट्रिक क्रेनमा करेन्ट लागि घाइते भएका थिए।
उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij