Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

लमजुङमा लागुऔषध सहित दुईजना पक्राउ

लमजुङमा लागुऔषध सहित दुईजना पक्राउ


  • 6.3K
    Shares

    लमजुङमा लागुऔषध सहित दुईजना पक्राउ

    लमजुङ । लमजुङमा लागु औषध सहित दुई जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटीएको प्रहरी टोलीले दुई जना यूवालाई छुट्टाछुटै ठाउँबाट पक्राउ गरेको हो ।

    बेसीशहर नगरपालिका १ उदिपुरबाट सुनसरी बराहक्षेत्र नगरपालिका ५ घर भई हाल सुन्दरबजार नगरपालिका ९ स्थित मोटरसाईकल ग्यारेजमा काम गर्ने २४ वर्षीय  गणेश भण्डारी लागु औषध सेरेज्याक ११ थान, नोफिन ११ थान र फेनारगन ११ थान बरामद गरेको लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले बताएका छन् । 

    यस्तै प्रहरीले सुन्दरबजार नगरपालिका –७ पाउँदिबाट दोलखा तामाकोशी गाउँपालिका ५ घर भई हाल तनहुँको भानु नगरपालिका १ बस्ने ३२ वर्षीय कृष्णराज गिरी पक्राउ  सेरेज्याक १५ थान, नोफिन १५ थान र फेनारगन १५ थान फेला पारी बरामद गरिएको प्रहरी प्रमुख डिएसपी थापाले बताए । उनीहरुलाई आइतबार जिल्ला अदालत लमजुङबाट १५ दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान अघि बढाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १०:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij