Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

रीताद्वारा कुटिइन् चर्चित लोक दोहोरी गायिका तारा थापा

रीताद्वारा कुटिइन् चर्चित लोक दोहोरी गायिका तारा थापा


  • 8.4K
    Shares

    रीताद्वारा कुटिइन् चर्चित लोक दोहोरी गायिका तारा थापा
    images

    काठमाडौं । लाइभ दोहोरी गायनमा छोटो समयमै अलग्गै पहिचान बनाउन सफल गायिका तारा थापा कुटिएकी छन् ।

    उनलाई रीता राउत नाम गरेकी एक युवतीले कुटपिट गरेकी हुन् । कुटपिट गर्ने राउत  पनि लाइभ लोक दोहोरी गायिका हुन् । आक्रमणबाट थापाको आँखानजिकको भागमा चोट लागेको छ । 

    गायिका थापाले आफूमाथि रीता राउतले आक्रमण गरेको बताइन् । ‘रीता राउत बहिनीले मलाई कुट्नु भयो । आँखानजिक चोट लागेको छ,’ उनले भनिन् ।

    गायिका थापाका अनुसार, राउतले फोन, एसएमएस गरेर उनलाई जिस्काउने गरेकी थिइन् । आफूलाई यसो नगर्न आग्रह गर्दा उनले चरित्र हत्या गरेको र घटना हुन पुगेको थापाको भनाइ छ ।

    ‘बहिनीले मलाई फोन, एसएमस गरेर जिस्क्याइरहनुहुन्थ्यो । उहाँलाई भेटेपछि बहिनी म त अशक्त मान्छे किन यस्तो गर्नुभएको भनेर सोधेँ । जवाफमा उहाँले उल्टै ‘तिमी चरित्रहीन हौं’ भन्ने जवाफ दिनुभयो,’ घटनाबारे विस्तार लगाउँदै उनले भनिन्, ‘त्यसो भन्दा मलाई बेस्सरी रिस उठ्यो । चरित्रहीन कसलाई भनेको, कुन केटासँग हिँडेको देख्नुभयो भनेर बसेको ठाउँबाट अगाडि सर्न खोजेँ । त्यसक्रममा मेरो हात समातेर उहाँले आक्रमण गर्नुभयो ।’

    आक्रमणपछि थापाप्रति सहानुभूति प्रकट भइरहेका छन् । रीताले गल्ती गरेको प्रतिक्रिया आइरहेका छन् । तर रीताले अहिलेसम्म अग्रज कलाकारमाथि आक्रमण गरेकोप्रति माफी मागेकी छैनन् ।

    अहिलेसम्म  रीताले माफी नमागेको र कुनै संवादसमेत नभएको ताराले बताइन् । अनुजद्वारा कुटिए पनि कानूनी उपचारमा नजाने सोच ताराले बनाएकी छन् । कुटपिटका कारण आफूलाई पीडा भए पनि आफूभन्दा सानो बहिनी भएकाले माफी दिएको उनको भनाइ छ ।

    ‘उनी र म दुवैमा सरस्वती माताले बास गर्नुभएको छ । मभन्दा सानो बहिनी हो । त्यसैले पीडा भए पनि उसलाई थप पीडा नदिन माफी दिएँ,’ उनले भनिन् ।

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - १३:३५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij