Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

वारीबेनीमा सडक कालोपत्र : स्थानीयवासी खुशी

वारीबेनीमा सडक कालोपत्र : स्थानीयवासी खुशी


  • 10.6K
    Shares

    वारीबेनीमा सडक कालोपत्र : स्थानीयवासी खुशी

    म्याग्दी । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ । 

    सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पुर्याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि निर्माण भएको छ ।

    म्याग्दीको कालीपुल जोड्ने मोटरेबल पुलदेखि वारीबेनीको डाडासम्म करिब ७५० मिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी निराजन खतिवडाले बताउनुभयो । उहाँका अनुसार साढे पाँच मिटरदेखि नौ मिटरसम्म फराकिलो ठाउँमा सडक कालोपत्र गरिएको छ । 

    प्रिमिक्स प्रविधिको कालोपत्र गर्न त्रिशक्ति–तिलक निर्माण सेवाले रु एक करोडमा विसं २०७५ मा ठेक्का लिएको थियो । यो आयोजनाको ठेकेदार कम्पनीको आधिकारिक प्रतिनिधि अमृतकुमार श्रेष्ठ हुनुहुन्छ । आगामी २०७८ जेठ मसान्तसम्म ठेक्का सम्झौताको म्याद छ ।

    अबको सात दिनभित्र कालोपत्र सकेर सडक हस्तान्तरण गर्ने त्रिशक्ति निर्माण कम्पनीका सञ्चालक खतिवडाले बताउनुभयो । यही आयोजनाअन्तर्गत वारीबेनीको डाँडादेखि आँखोलासम्म सडक विस्तार गरिएको छ । कुन क्षेत्रमा पिच गर्ने भन्ने अन्यौलता भएपछि एक वर्षदेखि काम रोकिएको थियो ।

    वारीबेनीदेखि आँखोला खण्ड कालीगण्डकी कोरिडोर र वारीबेनी बजारभित्र सडक डिभिजनले कालोपत्र गर्ने निर्णय भएपछि काम अघि बढेको हो । करिब दश वर्षअघि मालढुङ्गा–बेनी सडक आयोजनामार्फत गरिएको पिच उप्किएर सडक धुलाम्मे र हिलाम्मे हुने गरेको थियो । सडकको पूरै भाग कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्ति मिलेको वारीबेनीका रामबहादुर खत्रीले बताउनुभयो ।  रासस

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १०:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij