Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार


  • 7.5K
    Shares

    स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

    दैलेख । गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० ले स्वास्थ्योपचार सेवा लिएका छन् । कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा आइतबार यहाँ आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् । 

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी रहनुभएको उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । 

    छ डाक्टर तथा सात प्यारामेडिक्स गरी १३ जनाको टोलीले उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताउनुभयो । उहाँका अनुसार शिविरमा ४२९ महिला र १७२ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । रासस

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १०:०४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij