Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अनमोल केसीलाई म्याद थपका लागि अदालत लगिँदै

अनमोल केसीलाई म्याद थपका लागि अदालत लगिँदै


  • 5.4K
    Shares

    अनमोल केसीलाई म्याद थपका लागि अदालत लगिँदै
    images

    ‘आपराधिक विश्वासघात’ को आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी जिल्ला प्रहरी परिसर टेकुमा देखिएका छन्। शुक्रबार साँझ काभ्रेपलाञ्चोकबाट पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौं लान लागिएको हो। 

    पक्राउ परेपछि हिरासतमा बस्न नमानेका केसी महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका थिए। केसीले प्रहरीसँग आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका छन्।

    तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातातमा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका छन्। 

    ‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

    ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्। 

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - १५:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij