Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आज अनमोल केसीलाई अदालत लाने तयारी, आजै छुट्लान् त ?

आज अनमोल केसीलाई अदालत लाने तयारी, आजै छुट्लान् त ?


  • 2.5K
    Shares

    आज अनमोल केसीलाई अदालत लाने तयारी, आजै छुट्लान्  त ?
    images

    काठमाडौं । आपराधिक विश्वासघात’को आरोपमा प्रहरीले पक्राउ गरेका अभिनेता अनमोल केसीलाई आज (आइतबार) अदालत लगिँदै छ। 

    ‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो।

    काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलका अनुसार उनलाई पक्राउ परेकै दिन शुक्रबार राति अस्पताल भर्ना गरिएको हो। पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ परेका भीभीआईपीहरू हिरासत नबसेर अस्पताल भर्ना हुने प्रचलनजस्तै बन्दै गएको छ।

    अभिनेता अनमोललाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ। अदालतले अनुमति दिए अनमोल हिरासतमै रहनेछन्। तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आजै छुट्ने सम्भावना पनि छ।

    निर्माताले फिल्म ‘रावायण’ सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको बताएका छन्।  ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्।

    फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिकबापत दिएको रकम फिर्ता मागेका थिए। 

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - ०९:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij