Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मेलिना र दिनेशको ‘बातै पक्का भो’ सार्वजनिक

मेलिना र दिनेशको ‘बातै पक्का भो’ सार्वजनिक


  • 4.4K
    Shares

    मेलिना र दिनेशको ‘बातै पक्का भो’ सार्वजनिक
    images

    काठमाडौं । गायिका मेलिना राई र गायक दिनेश लामाफोरको स्वरमा रहेको नयाँ गीत ‘बातै पक्का भो’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । 

    भिडियो सार्वजनिक कार्यक्रममा सांसद हरी उप्रेती प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

    गीतमा कमल थिङ तामाङको शब्द,संगीत र निर्माण रहेको छ । दिनेश पाख्रिनको निर्देशनमा बनेको भिडियोमा कृष गुरुङ र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा प्रेम लामाले छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियो जेफोरके म्युजिक इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    कार्यक्रममा भिडियो सार्वजनिक कार्यक्रमसंगै केही व्यक्तिहरुलाई सांस्कृतिक रत्न सम्मानसमेत प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार रवीन्द्र खड्का, गीतकार कृष्णहरी बराल, निर्देशक राजु शाह लगायतलाई सांस्कृतिक रत्न सम्मान प्रदान गरिएको हो । 

    प्रकाशित मिति :आश्विन १२ २०८० शुक्रवार - १५:०१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij