Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रचण्ड-माधवलाई पर्खेर सभामुखले बैठक सुरु नगरेपछि रन्किएर फर्किए ओली  

प्रचण्ड-माधवलाई पर्खेर सभामुखले बैठक सुरु नगरेपछि रन्किएर फर्किए ओली  


  • 8.9K
    Shares

    प्रचण्ड-माधवलाई पर्खेर सभामुखले बैठक सुरु नगरेपछि रन्किएर फर्किए ओली  

    काठमाडौं । प्रचण्ड र माधवलाई पर्खेर सभामुखले बैठक सुरु नगरेपछि प्रधानमन्त्री केपी ओली बालुवाटार फर्किएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । निर्धारित समयमा संसद बैठक सुरु नभएपछि प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।

    पुनःस्थापित संसद बैठक आज दिनको ४ बजे बोलाइएको थियो । सर्वोच्च अदालतले नेकपा विवादमा ऋषि कट्टेल नेतृत्वमा रहेको नेकपालाई आधिकारिकता दिएपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छलफलमा जुटेको छ ।

    प्रचण्ड–नेपाल छलफलमै रहेकाले संसद बैठक सुरु हुन सकेको छैन । प्रधानमन्त्री ओली भने आज ४ बज्नुअघि नै संसद भवन पुगेका थिए । तर बैठक बोलाउन सभामुखले ढिला गरे।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १७:००:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij