२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलासँगै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संसदीय दलको नेता भएको व्यंग्य गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मान्यता ऋषिराम कट्टेललाई दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता भएको व्यंग्य गरेका हुन् ।
‘प्रचण्डजीले संसदीय दलको नेता भएको दाबी गरिरहनुभएको थियो । अब अदालतको फैसलासँगै उहाँ माओवादी केन्द्रको संसदीय दलको नेता बन्नुभएको छ,’ व्यंग्य गर्दै उनले भने ।
सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्रबीचको एकता नै अवैधानिक ठहर भएको उनले बताए ।
सर्वोच्च अदालतले आइतबार नेकपा नामसम्बन्धी मुद्दाको फैसला सुनाउँदै ऋषिराम कट्टेलको पार्टीलाई मान्यता दिने निर्णय सुनाएको छ । सर्वोच्चको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र पनि ब्युँतिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij