Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सर्वोच्च अदालतले घुमाएरै भन्दियो-सूर्य चिह्न ओलीकै हो, अरुको दाबी पुग्दैन !

सर्वोच्च अदालतले घुमाएरै भन्दियो-सूर्य चिह्न ओलीकै हो, अरुको दाबी पुग्दैन !


  • 7.6K
    Shares

    सर्वोच्च अदालतले घुमाएरै भन्दियो-सूर्य चिह्न ओलीकै हो, अरुको दाबी पुग्दैन !

    काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिकै अवस्थामा कायम रहने फैसला सुनाएको छ ।

    यससँगै तत्कालीन एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहने पक्का भएको छ ।

    नेकपा विभाजनको कसरतका बीच सर्वोच्च फैसलाले २०७५ जेठ २ कै स्थितिमा पुर्‍याइदिएको हो । २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा जन्मिएको थियो ।

    न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिँदै साविक एमाले र माओवादी केन्द्र ब्युँताइदिएको हो ।

    पुन: एकीकरण गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रक्रिया पुर्‍याएर एकीकरण गर्न पनि सर्वोच्चले भनेको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १६:४५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij