Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु

मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु


  • 3.8K
    Shares

    • images
    मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु
    images

    काठमाडौँ । बालसुधार गृहहरूमा समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन सुरु गरेको छ । आयोगले मोरङ्ग, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरूको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूलाई पत्राचार गरेको हो । 

    हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बालसुधार गृहहरूमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहमा राखिएका बालकहरूको मृत्यु भएको एवम् केही बालक घाइते भएको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भक्तपुरको मध्यपुरस्थित बाल सुधारमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न केन्द्रीय कार्यालयको टोली आजै खटिइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा भएको घटनाको निरन्तर अनुगमन गरिरहेको छ । 

    भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकहरूको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए । 

    प्रकाशित मिति :आश्विन ९ २०८० मंगलवार - १६:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij