Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

मोरङ : प्रदेश गौरवको योजना आधा सम्पन्न हुने  

मोरङ : प्रदेश गौरवको योजना आधा सम्पन्न हुने  


  • 5.7K
    Shares

    मोरङ : प्रदेश गौरवको योजना आधा सम्पन्न हुने  

    मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक मोरङका लागि मात्र नभएर अन्य जिल्लाका लागि पनि सर्वाधिक चर्चामा रहेको छ ।     
         
    विराटचोकदेखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकास्थित शिलान्यास गर्नुभएको थियो । सो सडक रु एक अर्ब ७६ करोडको लागतमा २२ किलोमिटर निर्माण हुने सो सडकलाई तीन खण्डमा विभाजित गरेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ ।     
         
    पहिलो र दोस्रो गरी २० किमी सडक श्रेष्ठ रमण एपेक्सले ठेक्कामा लिई काम शुरुआत गरेको छ भने तेस्रो प्याकजेमा दुई किमी सडक र घिनाघाटको पुल रु छ करोडको लागतमा निर्माण गर्न लामा बानियाँ कम्पनीले ठेक्का लिई काम शुरु गरेको कार्यालयका प्रमुख राजन रेड्डीले जानकारी दिनुभयो ।     

    उहाँले ठेक्कामा लागेका बाटोको १० किमी चालू आर्थिक वर्षमै सम्पन्न हुने र पुल बाहेकका अन्य बाटो आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको जानकारी दिनुभयो ।  

    सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने बताइएको छ । सडकको गुणस्तरमा कमी आउन नदिन निरन्तर अनुगमन र परीक्षणको काम भइरहेको छ ।     
    विराटनगर महानगरपालिकाको पुष्पलाल चोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिको नेताचोक, हरैचा हँुदै पूर्व–पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिने सो सडकको निर्माणसँगै स्थानीयवासी निकै उत्साहित भएका छन् ।     
         
    बहुवर्षीय योजना अन्तर्गत सुनसरी र मोरङका गरी रु नौ अर्बको लागतमा २१ वटा कालोपत्र सडक योजना सञ्चालन रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सुनसरीमा पाँच र मोरङ छ वटा पक्की पुल निर्माण गर्न रु २२ करोडको योजना सञ्चालनमा रहनुका साथै मोरङमा १२ वटा झोलुङ्गे पुल निर्माण गर्न रु छ । करोड लागतको योजना सञ्चालनमा रहेको प्रमुख रेड्डीले जानकारी दिनुभयो ।   रासस  

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १५:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij