Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला


  • 4.4K
    Shares

    सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

    काठमाडौं । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने÷नजाने विषय महत्वपूर्ण नभएको बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पार्नुभयो ।

    सरकार बनाउन साथ दिने जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्दै जान्छ ।” उहाँले संसदीय व्यवस्थामा देखिएका समस्या समाधान गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने गरी सरकार निर्माणमा सहयोग गर्ने पार्टीको नीति रहेको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “हामी सरकारमा नजाने भन्ने होइन । संसदीय व्यवस्थामा देखिएका समस्यालाई समाधान गरेर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो ।” सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै देशको विकासमा सबै दललाई एकताबद्ध गरेर अघि बढाउने उहाँको भनाइ थियो । 

    सरकारसँग गरिएको सहमति प्रारम्भिक कुरा भएको उहाँले बताउनुभयो । पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा, पार्टीका कार्यकर्ता रिहा  र नेकपाले देशको राजनीतिक समस्यालाई शान्तिपूर्णरुपमा छलफलका माध्यमबाट समाधान गर्ने विषयमा मात्रै सहमति गरेको नेता बाँस्तोलाको भनाइ थियो । 

    उहाँले भन्नुभयो, “नेता कार्यकर्ता रिहाइको प्रक्रिया शुरु भएको छ । अब हाम्रो छलफल देशको राजनीतिक समस्या, आर्थिक समस्यालाई समाधान गर्ने विषयमा चल्छ ।” आफूसँग देशको समस्या समाधानका लागि बृहत् खाका रहेको उहाँले दाबी गर्नुभयो । आफ्ना नेता कार्यकर्तासँग हतियार नरहेको जनाउँदै उहाँले राजनीतिक दललाई त्यस विषयमा नआत्तिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग हतियार छैन । यस विषयमा कोही आत्तिनुपर्दैन ।” रासस

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १४:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij