२०८२ भाद्र ८ गते आइतवार
चितवन । चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुर जिल्ला गैंडाकोट नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा परेर कात्तिक २९ गते अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा आज बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।
उनको मंसिर १ गते स्वाब परीक्षण गरिएकामा मंसिर २ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij